बिहीबार नेप्से परिसूचक २७.८४ अंकले घटेर २०८०.८७ को विन्दुमा कायम भएको छ।
काठमाडौँ– यो साताको अन्तिम कारोबार दिन बिहीबार पनि शेयर बजार परिसूचक दोहोरो अंकले घटेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार नेप्से परिसूचक २७.८४ अंकले घटेर २०८०.८७ को विन्दुमा आइपुगेको हो। बुधबार पनि नेप्से परिसूचक सामान्य अंकले घटेको थियो।
बिहीबार ३०३ कम्पनीको शेयर कारोबार भएकोमा ४४ कम्पनीका शेयर मूल्य बढ्दा १९६ कम्पनीको घटेको छ। १३ उपसमूह सबै घटेका छन्। सर्वाधिक घट्नेमा जीवन बीमा उपसमूह छ। जीवन बीमा २.६५ प्रतिशतले घटेको छ।
बिहीबार स्वाभिमान लघुवित्तका लगानीकर्ता सर्वाधिक गुमाएका छन्। जाल्पा, धौलागिरि लघुवित्त, लाइफ इन्स्योरेन्स कर्पोरेसन, एनआईसी एशिया लघुवित्त धेरै घट्ने कम्पनीको सूचीमा रहेका छन्।
बिहीबार एक करोड १४ लाख ८३ हजार ६१७ कित्ता शेयर किनबेच भएको छ। कारोबार रकम तीन अर्ब ९४ करोड ३५ लाख ९२ हजार ३०२ रुपैयाँ छ। अघिल्लो दिन बुधबार चार अर्ब २४ करोड ८५ लाख २३ हजार ३३२ रुपैयाँ बराबरको कारोबार भएको थियो।
बजार घटेको दिन पनि विन नेपाल लघुवित्त र मानुषी लघुवित्तको शेयर भने सर्किट स्तरमा बढेको छ। गुराँस लघुवित्तको पनि बढेको छ।
सर्वाधिक कारोबार हुने कम्पनीहरूमा माथिल्लो तामाकोशी अगाडि रहेको छ। उक्त जलविद्युत् कम्पनीको २७ लाख ६८ हजार ७६५ कित्ता शेयर ५० करोड ८ लाख रुपैयाँमा किनबेच भयो।
यस्तै, शिवम् सिमेन्टको २४ करोड चार लाख, सोनापुर मिनरल्सको १६ करोड २४ लाख, गोर्खाज फाइनान्सको १२ करोड ७६ लाख र हिमालयन रिइन्स्योरेन्सको शेयर नौ करोड ८४ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
