परराष्ट्र मन्त्रालयले रुसी सेनामा भर्ती भएका थप सात जना नेपाली नागरिकको मृत्यु भएको पुष्टि गरेको छ।
काठमाडौँ– रुसी सेनामा भर्ती भएका थप सात जना नेपाली नागरिकको मृत्यु भएको छ। परराष्ट्र मन्त्रालयले बिहीबार साँझ विज्ञप्ति जारी गर्दै रुसी सेनामा भर्ती भएका थप सात जना नेपाली नागरिकको मृत्यु भएको पुष्टि गरेको हो।
“रुसी सेनामा भर्ना भएका नेपाली नागरिकहरूलाई नेपाल फिर्ता गराउन नेपाल सरकारले उच्च प्राथमिकताका साथ कूटनीतिक प्रयास जारी राखेको छ। यसैगरी, रुसी सेनामा ज्यान गुमाएका नेपालीहरूको परिवारलाई रुसी सरकारबाट क्षतिपूर्ति उपलब्ध गराउन, घाइतेको उपचार गर्न तथा त्यहाँ कार्यरत नेपालीलाई फिर्ता पठाउनका लागि रुसी सरकारलाई पुनः अनुरोध गरिएको छ,” मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “नेपाल सरकारको उपरोक्त प्रयासहरूका बाबजुद रुसी सेनामा कार्यरत थप सात जना नेपाली नागरिकहरूले ज्यान गुमाउनु भएको दुःखद समाचार प्राप्त भएको छ।”
मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बागलुङका जितबहादुर, विक बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तानको मृत्यु भएको हो। यसअघि १२ जना नेपाली नागरिकको मृत्यु भएको सार्वजनिक भएको थियो। यससँगै रुसी सेनामा भर्ती भएर ज्यान गुमाउने नेपालीको संख्या १९ पुगेको छ।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
