परशुराम नगरपालिकाको कार्यपालिका बैठकमा प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट गरेको आरोपमा तीन जना जनप्रतिनिधिलाई प्रहरीले पक्राउ गरेको छ।
डडेलधुरा– डडेलधुरा जिल्लाको परशुराम नगरपालिकाको कार्यपालिका बैठकमा प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट गरेको आरोपमा तीन जना जनप्रतिनिधि पक्राउ परेका छन्।
बिहीबार कार्यपालिका बैठक चलिरहेको बेला विवाद उत्पन्न हुँदा जनप्रतिनिधिले प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात गरेका थिए। जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी नायब उपरीक्षक दीपक कार्कीका अनुसार निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव जोशीमाथि कुटपिट गरेको आरोपमा नगरपालिकाका उपप्रमुख विमलाकुमारी बोहरा, ७ नम्बर वडाका अध्यक्ष कर्णबहादुर धामी, १ का वडाध्यक्ष लालबहादुर धामीलाई पक्राउ गरेका छन् ।
तीनै जनालाई पक्राउ गरी थप अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक कार्कीले बताए। कार्यपालिका सदस्यहरूले बैठकमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बाट निर्वाचित जनप्रतिनिधिले विरोध गर्दै जोशीमाथि कुटपिट गरेका हुन्।
माओवादी केन्द्रबाट विजयी भएर कार्यपालिका सदस्य बनेकाले धेरै पहिलेदेखि शिक्षा शाखा अधिकृत लक्ष्मी विष्टको काज फिर्ता गर्नुपर्ने माग गरेका थिए। बिहीबारको बैठकमा पनि उनीहरूले सोही माग राखेपछि प्रमुख प्रशासकीय अधिकृत जोशीले उक्त कुरा आफूहरूले गर्न नसक्ने बताएका थिए।
सोही विषयमा आक्रोशित भएका सदस्यहरूले हलमा भएका कुर्सी तोडफोड गर्दै अधिकृतमाथि हातपात गरेका थिए। जनप्रतिनिधिका आक्रमणमा परी हाकिमको टाउको गम्भीर चोट लागेको छ। जोशीको टाउकोमा तीन वटा टाँका लागेको छ। घटनापछि स्थानीय कर्मचारी आन्दोलित भएका छन्। उनीहरूले विज्ञप्ति निकालेर दोषीमाथि कारबाहीको माग गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
