यस्तो रहनेछ शुक्रबारको मौसम

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागमा आंशिक बदली रहनेछ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।

काठमाडौँ– नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

जसका कारण पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागमा आंशिक बदली रहनेछ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।

यसैगरी, राति लुम्बिनी र बागमतीसहित पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी, गण्डकी र कर्णालीको उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात हुनेछ।