लिभरपुल युरोपा लिगको क्वार्टरफाइनलमा

बिहीबार दोस्रो लेगमा स्पार्टा प्रागलाई ६–१ ले हराउँदै लिभरपुल समग्रमा ११–२ को अग्रतासहित अन्तिम ८ मा पुगेको हो।

काठमाडौँ– इंग्लिस क्लब लिभरपुल युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। 

बिहीबार राति दोस्रो लेगमा चेक रिपब्लिकको स्पार्टा प्रागलाई ६–१ ले हराउँदै लिभरपुल अन्तिम ८ मा पुगेको हो।

पहिलो लेगमा ५–१ ले विजयी भएको लिभरपुल समग्रमा ११–२ को नतिजासहित अन्तिम ८ मा स्थान बनाउन सफल भयो ।

लिभरपुलका लागि कोडीले २ गोल गर्दा डार्विन नुनेज, बोबी कलार्क, मोहम्मद सलाह र डोमिनिक स्जोबोस्ज्लाइले १–१ गोल गरेका थिए।

स्पार्टाका बेल्जेको विरमानसेविकले १ गोल फर्काए।