सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको स्थिर

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ घटेर एक लाख २५ हजार ४०० कायम भएको छ।

काठमाडौँ– नेपाली बजारमा शुक्रबार सुन मूल्य घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ घटेर एक लाख २५ हजार ४०० कायम भएको छ। बिहीबार एक लाख २५ हजार ८०० थियो। 

त्यसैगरी तेजाबी सुनको मूल्य पनि प्रतितोला ४०० रुपैयाँ घटेर एक लाख २४ हजार ८०० कायम भएको छ । बिहीबार तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २५ हजार २०० थियो। 

यसैबीच, बिहीबारको तुलनामा चाँदीको मूल्य भने स्थिर छ। चाँदीको मूल्य प्रतितोला एक हजार ५१५ रुपैयाँ कायम भएको छ।