सगरमाथा क्षेत्रको भ्रमणमा आएका कोरियन नागरिकको मृत्यु

डीएसपी दीपक श्रेष्ठका अनुसार २७ वर्षिय ह्युनचल स्वाङको ओलम्पिक हिमाल आरोहण गरेर फर्किँदै गर्दा खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ मा लडेर ज्यान गएको हो।

सल्लेरी– सगरमाथा क्षेत्र भ्रमणमा आएका एक कोरियन नागरिकको लडेर ज्यान गएको छ।

ज्यान गुमाउनेमा अन्दाजी ४७ वर्षीय ह्युनचल स्वाङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार उनको ओलम्पिक हिमाल आरोहण गरेर फर्किँदै गर्दा खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ मा फागुन २८ गते लडेर ज्यान गएको हो।

बाटोबाट चिप्लिएर लडेका ह्युनचल करिब दुई मिटर तल खसेको प्रहरीले जनाएको छ। हेलिकप्टरमार्फत उद्धार गरेर लुक्ला ल्याइएको उनको शव परीक्षणका लागि काठमाडौँको श्रेष्ठले जानकारी दिए।

मृतक ह्युनचल फागुन २१ गते एटेक्स कम्पनीमार्फत हिमाल आरोहणका लागि खुम्बु आएको जनाइएको छ।