विराटनगरमा एक स्टाफ नर्स मृत अवस्थामा फेला परेकी छन्। उनको शरीरमा धारिलो हतियार प्रहारका चोट देखिएको प्रहरीले जनाएको छ।
विराटनगर– मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत एक स्टाफ नर्स मृत अवस्थामा फेला परेकी छन्।
प्रहरीका अनुसार सिरहाको फूलकट्टी घर भएकी २२ वर्षीया चन्द्रिकाकुमारी दास मृत अवस्थामा विराटनगर महानगरपालिका–४ स्थित एक घरमा भेटिएकी हुन्। घटनाको प्रकृति हेर्दा उनको हत्या भएको प्रहरीको भनाइ छ।
उनी उक्त स्थानका धीरेन्द्र गिरीको घरमा डेरा गरी बस्दै नोबेल शिक्षण अस्पतालमा काम गर्दै आएकी थिइन्। मोरङ प्रहरीका प्रवक्ता, डीएसपी रञ्जनकुमार दाहालअनुसार उनको शव घरको कोठाभित्रको शौचालयमा फेला परेको हो। उनको शरीरभरि चोटैचोट देखिएको छ। घाँटी र शरीरका अन्य भागमा धारिलो हतियार प्रहारबाट लागेका घाउ देखिएको छ।
प्रहरीले घटनास्थलको अध्ययन गरी अनुसन्धान शुरू गरेको जनाएको छ। कसले, किन हत्या गरेको भन्ने खुली नसकेको, घटनाको विभिन्न कोणबाट अनुसन्धान थालिएको डीएसपी दाहालले बताए। घटनास्थल आसपासका स्थानीयसँग सोधपुछ, घरका मानिसहरूसँग बुझ्ने लगायत काम भइरहेको प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
