सरकारका प्रवक्ता रेखा शर्माले सीआईबीको नेतृत्वमा रहेकी किरण ब्रजाचार्यलाई कार्यविभागको जिम्मेवारी दिएर सीआईबीको जिम्मेवारी ज्ञवालीलाई दिने निर्णय भएको जानकारी दिइन्।
काठमाडौँ– सरकारले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को प्रमुखको जिम्मेवारी हेरफेर गरेको छ। शुक्रबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले सीआईबीको प्रमुखमा नेपाल प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्याम ज्ञवालीलाई पठाउने निर्णय गरेको हो। सरकारले सीआईबी प्रमुख किरण बज्राचार्यलाई प्रहरी प्रधान कार्यालय, कार्य विभागमा सरुवा गरेको छ।
“अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीलाई प्रहरी प्रधान कार्यालय, कार्य विभागबाट केन्द्रीय अनुसन्धान विभागमा र किरण बज्राचार्यलाई केन्द्रीय अनुसन्धान ब्युरोबाट प्रहरी प्रधान कार्यालय, कार्य विभागमा सरुवा गर्ने निर्णय गरेको छ,” मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले भनिन्।
सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले एआईजी बज्राचार्यलाई कारबाही गर्न सिफारिस गरेपछि उनलाई त्यहाँबाट हटाउने तयारी भएको थियो। आयोगले सुन तस्करीको अनुसन्धानमा गम्भीर त्रुटि औँल्याउँदै सीआईबी प्रमुख बज्राचार्य, एसपी सञ्जयसिंह थापा र डीएसपीद्वय रूगम कुँवर र दुर्गा दाहाललाई कारबाही गर्न सिफारिस गरेको छ।
आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गरेर जानका लागि नयाँ निर्देशक आउँदा सहज हुन्छ भन्ने हिसाबले सीआईबी प्रमुखको जिम्मेवारी परिवर्तन गरिएको उनको भनाइ थियो।
त्यस्तै, सरकारले सुन तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले तयार गरेको प्रतिवेदन अध्ययन गरी तत्काल कार्यान्वयनको प्रक्रियामा लैजाने पनि निर्णय गरेको उनले बताइन्। सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले बिहीबार गृहमन्त्रीलाई प्रतिवेदन बुझाएको थियो। उक्त प्रतिवेदनको गम्भीर अध्ययन गरी तत्काल कार्यान्वयनका लागि प्रक्रियामा लैजाने निर्णय सरकारले गरेको हो।
“सुनको अवैध पैठारी तस्करी नियन्त्रणसम्बन्धी जुन हामीले जाँचबुझ आयोग गठन गरेको थियौँ, त्यसले २०८० चैत्र १ गते उपप्रधानमन्त्री तथा गृहमन्त्रीलाई बुझाएको प्रतिवदनको गम्भीर अध्ययन गरी तत्काल कार्यान्वयनको लागि प्रक्रियामा लैजाने बैठकले निर्णय गरेको छ,” उनले भनिन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
