एक हप्ताको अवधिमा तीव्र गतिमा सवारीसाधन चलाउने दुई हजार ७५८ चालक कारबाहीमा परेका छन्।
काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले एक हप्तामा १७ हजार ट्राफिक उल्लंघनका घटना दर्ता भएको जनाएको छ।
कार्यालयका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले गत फागुन २५ गतेदेखि यही चैत्र १ गतेसम्म १७ हजार ४६४ सवारीसाधन कारबाहीमा परेको जानकारी दिएका हुन्।
“ट्राफिक नियम पालना नगर्नेलाई कारबाही गरिएको छ। सवारी चलाउँदा कहिल्यै पनि प्रतिस्पर्धाको भावनाबाट चलाउनुहुँदैन। सडक अनुशासन पालना गरौँ,” उनले भने।
उनले ट्राफिक नियम पालना नगरेकालाई नियमित सचेतना कक्षा सञ्चालन गरिरहेको बताए। सबैभन्दा बढी कारबाही तीव्र गतिमा सवारीसाधन चलाउँदा भएको देखिन्छ। एक हप्ताको अवधिमा तीव्र गतिमा सवारीसाधन चलाउने दुई हजार ७५८ चालक कारबाहीमा परेका छन्।
कार्यालयले उपलब्ध गराएको तथ्यांकअनुसार लेन अनुशासन उल्लंघनमा ७६६, मादक पदार्थ सेवन गरेका ६४०, रेड लाइट नियम पालना नगरेका ५८० र बढी भाडा लिएका नौ चालकलाई कारबाही गरिएको छ।
त्यसैगरी, काठमाडौँ जिल्लामा मात्रै एक सय चार वटा सवारी दुर्घटना दर्ता भएका छन्। जसमा एकको मृत्यु भएको छ भने पाँच जना गम्भीर घाइते भएको प्रहरीको भनाइ छ। ती दुर्घटनामा साधारण घाइतेको संख्या भने १०४ छ।
ट्राफिक नियम पालना नगर्नेलाई कार्यालय जनचेतना तथा सचेतना कक्षा पनि सञ्चालन गर्दै आइरहेको छ। विद्यार्थी, पैदलयात्रु, व्यवसायी, चालक, परिचालक, लेन मिच्ने तथा मापसे गरी चलाएका चालक गरी सो अवधिमा चार हजार ७५९ जनाले सचेतना कक्षा लिएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
