सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपतिपुत्र दिपेश पुन पक्राउ

दिपेशलाई धापासीबाट पक्राउ गरिएको केन्द्रीय प्रहरी प्रवक्ता, डीआईजी भीमप्रसाद ढकालले जानकारी दिए।

काठमाडौँ– सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन पक्राउ परेका छन्। सत्तारुढ दल नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका महासचिवसमेत रहेका दिपेशलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो।

दिपेशलाई काठमाडौँको धापासीबाट पक्राउ गरिएको केन्द्रीय प्रहरी प्रवक्ता, डीआईजी भीमप्रसाद ढकालले जानकारी दिए। प्रहरी प्रधान कार्यालय, नक्सालबाट खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो।

६१ किलो सुन तस्करी प्रकरणका आरोपी बेल्जियन नागरिक दावा छिरिङसँग उनको सम्पर्क देखिएपछि सुन जाँचबुझ आयोगले दिपेशसँग बयान लिएको थियो। सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले बिहीबार गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको छ। प्रतिवेदनमा पनि उक्त सुन तस्करी प्रकरणमा दिपेशको संलग्नता औँल्याइएको छ।