पेट्रोल-डिजेलको मूल्य घट्यो

आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य घटाएको छ।

काठमाडौँ– नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य घटाएको छ। निगम सञ्चालक समितिको शुक्रबारको बैठकले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेल/मट्टितेलमा प्रतिलिटर २ रुपैयाँका दरले घटाउने निर्णय गरेको हो।

नयाँ मूल्य सूचीअनुसार अब पेट्रोल प्रतिलिटर १७१ रुपैयाँ र डिजेल प्रतिलिटर १५८ कायम भएको छ। यसअघि काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर १७२ र डिजेल/मट्टितेल १६० रुपैयाँमा बिक्री भइरहेको थियो।  

इन्डियन आयल कर्पोरेसनबाट घटेर आएकाले इन्धनको मूल्य घटाइएको र समायोजित मूल्य शनिबार बिहान १ बजेदेखि लागू हुने निगमले जनाएको छ।

निगमले देशलाई तीन भौगोलिक क्षेत्रमा विभाजन गरेर पेट्रोलियम पदार्थको मूल्य निर्धारण गरी वितरण गर्दै आएको छ। निगमले खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् राखेको छ।