नेपालले फिफा विश्वकप र एएफसी एशियन कपको संयुक्त छनोटअन्तर्गत बहराइनविरुद्धको खेलअघि मलेसियासँग अभ्यास खेल खेलेको हो।
काठमाडौँ– मैत्रीपूर्ण अभ्यास खेलमा नेपाली फुटबल टोली मलेसियासँग पराजित भएको छ।
युनिभर्सिटी टेक्नोलोजी मारा स्टेडियममा भएको खेलमा नेपाल घरेलु टोलीसँग ५–१ ले पराजित भएको हो।
नेपालले फिफा विश्वकप र एएफसी एशियन कपको संयुक्त छनोटअन्तर्गत बहराइनविरुद्धको खेलअघि मलेसियासँग अभ्यास खेल खेलेको हो। खेल ३५–३५ मिनेटको चार हाफमा कूल १४० मिनेट खेलाइएको थियो।
मलेसियाका लागि डारेन लोकले २ तथा स्टुअर्ट विल्किन, डानिएल टिङ र मुखाइरी अज्मल माहदीले १–१ गोल गरे। नेपालका समीर तामाङले १ गोल फर्काएका थिए।
नेपालले बहराइनविरुद्ध होम एन्ड अबे दुवै खेल बहराइनमै खेल्नेछ। नेपाल र बहराइनबीच चैत ८ र १३ गते खेल हुनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
