नेपाल कमर्सियल आर्टिस्ट संघले बजार क्षेत्रलाई चित्रकलासहित सौन्दर्यीकरण गरेको छ। ट्राफिक चोकदेखि दशरथ चोकसम्मका भित्तामा सुदूरपश्चिमका कला र संस्कृति झल्किने चित्रकला कोरिएको छ।
महेन्द्रनगर– कञ्चनपुरको महेन्द्रनगर बजार क्षेत्रलाई सौन्दर्यीकरण गर्न थालिएको छ।
भीमदत्त नगरपालिकाको सहयोग एवं पहलमा यहाँ नेपाल कमर्सियल आर्टिस्ट संघले बजार क्षेत्रलाई कला संस्कृति झल्किने चित्रकलासहित सौन्दर्यीकरण गरेको छ। संघमा आबद्ध कलाकारले महेन्द्रनगर सौन्दर्यीकरण गर्न श्रमदान गरेका छन्।
हरेक वर्ष अरनिको दिवसको अवसरमा सामाजिक कार्य गर्दै आएको आर्टिस्ट संघले नयाँ काम गर्ने उद्देश्यले भीमदत्त नगरपालिकाको सहयोगमा बजार सौन्दर्यीकरण गरेको जनाएको छ। संघले नगरपालिकालाई पेन्टिङ गर्न रङको व्यवस्थापनका लागि अनुरोध गरेको र सोहीबमोजिम नगरपालिको सामग्री उपलब्ध गराएपछि श्रमदानमा पेन्टिङ गर्न लागिएको संघ कञ्चनपुरका अध्यक्ष दिनेश विकले बताए।
कला संस्कृतिको जगेर्ना गर्नु सबैको कर्तव्य हो भन्ने उद्देश्यले भीमदत्त नगरपालिकासँगको सहकार्यमा ट्राफिक चोकदेखि दशरथ चोकसम्मका भित्तामा सुदूरपश्चिमका कला र संस्कृति झल्किने चित्रकला कोरेर नगरलाई सौन्दर्यीकरण गरिरहेको उनको भनाइ छ।
नगर उपप्रमुख निलम लेखक जोशीले बजार क्षेत्रलाई कला संस्कृति झल्किने चित्रकलासहित सौन्दर्यीकरणका लागि पहल गरिएको बताइन्। “भीमदत्त नगरपालिकाको बजार क्षेत्रलाई कला संस्कृति झल्किने चित्रकला बनाएर सौन्दर्यीकरण गर्न बजेट विनियोजन गर्छौं,” उनले भनिन्, “बजारका अन्य क्षेत्रमा पनि सौन्दर्यीकरण गर्न पालिकाले टोली गठन गरेर अघि बढ्छ।” आर्टिस्ट संघ कञ्चनपुरले २२ कलाकारलाई परिचालन गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
