कतारको एजुकेसन सिटी रंगशालामा बिहीबार सम्पन्न खेलमा उरूग्वे र दक्षिण कोरियाले गोलका लागि पाएका अवसर सदुपयोग गर्न नसक्दा अंक बाँडेका छन्।
काठमाडौँ– उरूग्वे र दक्षिण कोरियाले कतार विश्वकप-२०२२ अन्तर्गत समूह 'एच'को पहिलो खेलमा गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्। एजुकेसन सिटी रंगशालामा बिहीबार सम्पन्न खेलमा दुवै टोलीले गोलको केही अवसर पाए पनि त्यसको सदुपयोग गर्न सकेनन्।
खेलको १९औँ मिनेटमा फेडे भालभेर्डेको प्रहार पोस्टभन्दा थोरै माथिबाट बाहिरिएको थियो। ३५औँ मिनेटमा लो क्रसमा ६ यार्ड बक्सको मध्यभागमा अनमार्क रहेका उइजो ह्वाङले बललाई पोस्टको दिशा दिन सकेनन्।
४३औँ मिनेटमा कर्नरमा डिएगो गोडिनको हेडर कोरियाका गोलरक्षकको हातमा लाग्दै पोस्टमा ठोकिएर बाहिरिएको थियो। ७५औँ मिनेटमा सन ह्युङ मिनले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रयास डिफेन्सले रोके।
८९औँ मिनेटमा उरूग्वेका लागि पुन: पोस्ट बाधक बन्यो। फेडे भालभर्डेले प्रहारमा गोलरक्षक बिट भए पनि पोस्टमा लाग्दै बाहिरियो।
उरूग्वेले चार वर्षअगाडि रसियामा सम्पन्न विश्वकपमा क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो। दक्षिण कोरियाको गत संस्करणको यात्रा समूह चरणमा सीमित भएको थियो। दक्षिण कोरियाले भने रूस विश्वकपमा साविकको विजेता जर्मनीलाई स्तब्ध पारेको थियो।
जर्मनीलाई निराश पार्नु नै दक्षिण कोरियाका लागि रिया विश्वकपको उपलब्धि थियो। समूह 'एच' मा दक्षिण कोरिया, उरूग्वे, पोर्चुगल र घाना रहेका छन्। यस बराबरीले दुवैले १-१ अंक जोडेका छन्। बिहीबार हुने समूह 'एच' को अर्को खेलमा पोर्चुगलले घानाको सामना गर्दै छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
