प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पार्टी एकता गर्ने निर्णय गरेको हो। एकीकृत पार्टीको नयाँ नाम आगामी महाधिवेशनले टुंगो लगाउने सहमति भएको छ।
काठमाडौँ– डा. बाबुराम भट्टराईले गठन गरेको नेपाल समाजवादी पार्टी (नेसपा) फुटेको छ। नेसपाका अध्यक्ष महिन्द्र राय यादवले भट्टराईसँग छुट्टिएर नेकपा माओवादी केन्द्रसँग एकता गर्ने सहमति गरेका हुन्।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एकता संयोजन समितिको बैठकले पार्टी एकता गर्ने सहमति गरेको हो।
नेसपाका महासचिव रमेशप्रसाद यादव र माओवादीका महासचिव देवप्रसाद गुरुङले बैठकपछि संयुक्त रूपमा जारी गरेको प्रेस विज्ञप्तिअनुसार एकीकृत पार्टीको नयाँ नाम आगामी महाधिवेशनले टुंगो लगाउने निर्णय भएको छ।
पार्टी एकताका लागि वैचारिक एकरूपता र संगठनात्मक तयारी गर्न कार्यदल गठन गरिएको छ। कार्यदलमा माओवादीका तर्फबाट महासचिव गुरुङ र उपमहासचिव जनार्दन शर्मा तथा नेपाल समाजवादी पार्टीका तर्फबाट सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव यादव छन्।
बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव गुरुङ तथा नेसपाका अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष श्रेष्ठ र महासचिव यादव सहभागी थिए।
२०७९ असारमा उपेन्द्र यादवसँग छुट्टिएर भट्टराईले नेपाल समाजवादी पार्टी गठन गरेका थिए।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
