लमजुङको सामान्य परिवारमा जन्मिएका सुवेदी बेलायतको अक्सफोर्ड विश्वविद्यालयबाट विद्यावारिधि गर्ने पहिलो नेपाली हुन्। उनले लिड्स, लन्डन र अक्सफोर्डलगायत विश्वविद्यालयमा प्राध्यापन गरेका छन्।
काठमाडौँ– ‘प्रा.सूर्य सुवेदी महाविद्यावारिधिदेखि नोबेल पुरस्कार मनोनयनसम्म’ पुस्तक लोकार्पण भएको छ। काठमाडौँमा शनिबार आयोजित समाहरोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले पुस्तक लोकार्पण गरेका हुन्।
कार्यक्रममा प्रधानमन्त्री दाहालले प्राडा सुवेदीले नेपालको संविधान निर्माण, नेपालले विगतमा विश्वका विभिन्न मुलुकहरूसँग गरिएका सन्धि सम्झौताको पुनरावलोकन तथा एमसीसी परियोजनामा देखाएको कुशलता र विज्ञताको स्मरण गरे ।
‘प्राडा सूर्य सुवेदीले नेपालको संविधान निर्माण, नेपालले विगतमा विश्वका विभिन्न मुलुकसँग गरिएका सन्धि सम्झौताको पुनरावलोकनबारे मैँले सहयोग मागेको थिए। उहाँले त्यसमा निकै राम्रो सहयोग गर्नुभयो,” उनले भने, “पछिल्लो एमसीसी सम्झौतामा पनि उहाँले मध्यमार्गी विकल्प दिनुभयो र हामीले व्याख्यात्मक घोषणापत्र नै लागू गर्यौँ। त्यसले हाम्रो स्वतन्त्रता, सार्वभौमिकता, वैधानिकता पनि कायम रह्यो र सम्झौता कार्यान्वयनको प्रक्रियामा लैजान सहज सहज वातावरण बन्यो ।’
पुस्तकमा सुवेदीले कानून क्षेत्र र व्यक्तिगत जीवनमा भोगेका उत्तारचढाव र अन्तर्राष्ट्रिय क्षेत्रमा व्यक्तिले कस्तो सकस बेहोर्नुपर्छ भन्ने जीवन भोगाइका वृत्तान्त समेटिएको छ।
यस्तै, प्राडा सुवेदीले पुस्तकमा नेपालको लोकतान्त्रिक आन्दोलन, कम्बोडियाको शान्ति प्रक्रिया र अन्तर्राष्ट्रिय कानूनका विषयमा पुस्तकको सारसंक्षेपबारे विवरण उल्लेख गरेको बताए। सुवेदीको उक्त पुस्तक पत्रकार भगीरथ योगी र नवीन पोखरेलले सम्पादन गरेका छन्।
सुवेदीको पुस्तकबारे पूर्वउपसभामुख पुष्पा भुसाल गौतमले अन्तर्राष्ट्रिय जगतमा सुवेदीले नेपाल र नेपालीको नाम राखेको उल्लेख गर्दै उनलाई सरकारले सम्मान गर्नुपर्ने धारणा राखिन्।
लमजुङको सामान्य परिवारमा जन्मिएका सुवेदी बेलायतको अक्सफोर्ड विश्वविद्यालयबाट विद्यावारिधि गर्ने पहिलो नेपाली हुन्। अक्सफोर्डबाटै कानूनमा महाविद्यावारिधि जस्तो प्राज्ञिक क्षेत्रको सर्वोच्च उपाधि हासिल गर्ने व्यक्ति पनि उनी पहिलो हुन् । प्राज्ञिक र कानूनी दुवै क्षेत्रमा उत्कृष्ट उपलब्धि हासिल गर्ने उनी बेलायतकै शीर्षस्थ व्यक्तिभित्र पर्छन्। उनले लिड्स, लन्डन र अक्सफोर्डलगायत विश्वविद्यालयमा प्राध्यापन गरेका छन्।
मानव अधिकार र अन्तर्राष्ट्रिय कानूनको क्षेत्रमा उत्कृष्ट योगदान दिएको भन्दै बेलायतकी महारानीले उनलाई मानार्थ ओबीई र मानार्थ क्विन्स काउन्सिलजस्ता उच्च उपाधि प्रदान गरेकी थिइन्।
प्राडा सुवेदीको विद्वत्ताको कदर गर्दै अक्सफोर्ड विश्वविद्यालय र बेलायतको रोयल एशियाटिक सोसाइटीले उनको नाममा वार्षिक पुरस्कार स्थापना गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
