काठमाडौँमा ह्वीलचेयर म्याराथन, २०० जना सहभागी

भृकुटीमण्डपबाट शुरू भएको म्याराथन भद्रकाली, शहीद गेट, न्युरोड गेट, रानीपोखरी, जमल, दरबार मार्ग हुँदै पुनः भृकुटीमण्डपमा आएर समापन भएको थियो।

काठमाडौँ– अपांगता भएका व्यक्तिहरूको सहभागितामा शनिबार काठमाडौँमा ह्विलचेयर म्याराथन सम्पन्न भएको छ। 

भृकुटीमण्डपबाट शुरू भएको म्याराथन भद्रकाली, शहीद गेट, न्युरोड गेट, रानीपोखरी, जमल, दरबार मार्ग हुँदै पुनः भृकुटीमण्डपमा आएर समापन भएको थियो।

बीआईए फाउन्डेसनले आयोजना गरेको म्याराथनमा पुरुष  र महिला गरी दुई प्रतिस्पर्धा गरिएको  थियो। जसमा २०० जना सहभागी भएको आयोजकले जनाएको छ।

दुवै प्रतिस्पर्धाका विजेताले जनही २५ हजार रुपैयाँ प्राप्त गरे। उपविजेताले १५ र तृतीयले १० हजार रुपैयाँ हात पारे।