जंगलबाट शुरू भएको आगलागी हावाहुरीका कारण बस्तीमा फैलिएको प्रहरीले जनाएको छ।
भोजपुर– भोजपुर नगरपालिका–१२ टक्सारको मालबाँसेस्थित वनमा आगलागी भइरहेको छ। शनिबार दिउँसोबाट लागेको आगलागीले स्थानीय बासिन्दाका घरसमेत जलेर नष्ट भएका छन्। वनमा लागेको डढेलोका कारण बस्तीमा रहेका घरसमेत जलेर नष्ट भएका हुन्।
आगलागीबाट स्थानीय विशाल कार्कीका दुई, नरबहादुर कार्कीका दुई र पदम कार्कीको एक घर जलेर नष्ट भएको छ। बसोबास नभएको एक घर पनि जलेर नष्ट भएको स्थानीयले बताएका छन्। जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दलकुमार राईले जंगलबाट शुरू भएको आगलागीका कारण स्थानीयका घरमा क्षति पुगेको जानकारी दिए।
आगलागीबाट बसोबास गर्दै आइरहेका पाँच र खाली एक परिवारको घर जलेर नष्ट भएको सूचना अधिकारी राईले जानकारी दिए। हावाहुरीका कारण आगो बस्तीमा फैलिएको प्रहरीले जनाएको छ। आगलागी नियन्त्रणको प्रयासमा सेना, प्रहरी र सशस्त्र प्रहरीसहित स्थानीय जुटिरहेका प्रहरी निरीक्षक राईले बताए। यो समाचार तयार पार्दासम्म आगलागी नियन्त्रणमा आउन सकेको छैन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
