प्रहरीका अनुसार मिलमा आगो सल्किएको दुई घण्टापछि मात्र स्थानीयले थाहा पाएका थिए। मिलमा कोही नबस्ने भएकाले मानवीय क्षति भने भएन।
पथरी– मोरङको पथरी शनिश्चरे–१ बुद्ध चोकमा रहेको कोशी चिउरा मिलमा शनिबार राति आगलागी भएको छ।
आगलागीमा मिलका मेसिनरीसहित त्यहाँ राखिएको अन्न खरानी हुँदा एक करोड ५० लाखको क्षति भएको छ।
प्रहरीका अनुसार मिलमा आगो सल्किएको दुई घण्टापछि मात्र स्थानीयले थाहा पाएका थिए। स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सहयोगमा आगो निभाइएको थियो।
मिलमा कोही नबस्ने भएकाले मानवीय क्षति भने भएन। आगो निभाउन पथरी शनिश्चरे, उर्लाबारी, कानेपोखरी र बेलबारी नगरपालिकाका दमकल प्रयोग गरिएको थियो।
आगलागीको कारणबारे यकिन जानकारी प्राप्त नभएको प्रहरी कार्यालय पथरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
