यस्तो रहनेछ आइतबारको मौसम

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी र गण्डकीको उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात हुनेछ। 

काठमाडौँ– नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। 

जसका कारण  पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानमा मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी र गण्डकीको उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात हुनेछ। 

यसैगरी, राति देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। गण्डकीको उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।