म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनलमा

इतिहाद स्टेडियममा न्युक्यासल युनाइटेडलाई २–० ले पराजित गर्दै सिटी अन्तिम चारमा पुगेको हो। घरेलु टोलीका लागि दुवै गोल पोर्चुगिज मिडफिल्डर बर्नाडो सिल्भाले गरे। 

काठमाडौँ– प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ।

शनिबार राति इतिहाद स्टेडियममा न्युक्यासल युनाइटेडलाई २–० ले पराजित गर्दै सिटी अन्तिम चारमा पुगेको हो। घरेलु टोली सिटीका लागि दुवै गोल पोर्चुगिज मिडफिल्डर बर्नाडो सिल्भाले गरे। 

खेलको १३औँ मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई अग्रता दिलाए। उनले ३१औँ मिनेटमा सिटीको अग्रता दोब्बर पारे। न्युक्यासलले काउन्टर अट्याकमा केही प्रयास गरे पनि गोल गर्न भने सकेन।

अर्को क्वार्टरफाइनलमा आइतबार राति चेल्सी र लेस्टर सिटी तथा म्यानचेस्टर युनाइटेड र लिभरपुल भिड्नेछन्।