सम्झौतामार्फत बेसारको उत्पादन र बजारीकरणको सुनिश्चित गरिएको छ। कृषि उद्यमशीलता तथा बेसारखेती अभिमुखीकरण तालिम दिएर किसानलाई बेसारको बीउसमेत प्रदान गिरएको छ।
फिक्कल– इलामको माङसेबुङ गाउँपालिका–१ वडा कार्यालयले बेसार प्रवर्द्धन शुरू गरेको छ। स्थानीय एग्रो इलाम प्रालि र महिला गजुरमुखी बहुउद्देश्यीय सहकारीसँग १३ बुँदे सम्झौता गरी वडाले बेसार उत्पादन र प्रवर्द्धन थालेको हो।
“कृषिको व्यावसायीकरण तथा बजारीकरणका माध्यमबाट रोजगारी सिर्जना गरी गरिबी घटाउने प्रयासस्वरुप कृषि उद्यम प्रवर्द्धनका लागि एग्रो इलाम प्रालि र महिला गजुरमुखी बहुउद्देश्यीय सहकारी संस्थासँग सम्झौता गरेका छौँ,” वडाध्यक्ष भूपाल योङहाङले भने, “तीन वर्ष अवधिको सम्झौतापत्रमा बेसारको उत्पादन र बजारीकरणको सुनिश्चित गरेका छौँ।”
पहिलो चरणमा वडा कार्यालयले एग्रो इलामसँगको समन्वयमा कृषि उद्यमशीलता तथा बेसारखेती अभिमुखीकरण तालिम दिएर किसानलाई बेसारको बीउ वितरण गरेको छ। सहकारी संस्थामार्फत साझेदारी मोडेलमा बेसारको बीउ वितरण गरिएको वडाध्यक्ष योङहाङले जानकारी दिए। २८ किसानलाई अनुदानमा १५ क्विन्टल बेसारको बीउ उपलब्ध गराइएको छ।
उत्पादन भएको बेसार सहकारी संस्थामार्फत एग्रो इलामले नै खरिद गर्नेछ। २८ किसानलाई दिइएको बीउबाट उत्पादन भएको बेसार अन्य किसानलाई समेत उपलब्ध गराइनेछ र पर्याप्त उत्पादनपछि बाहिर निकासी थालिने वडाध्यक्ष योङहाङले बताए।
बेसारलाई ‘ब्रान्डिङ’ गरेर बाहिर निकासी गरिने सम्झौतापत्रमा उल्लेख छ। “उत्पादित बेसार प्रशोधन गरी प्याकेजिङमा तीनै नाम र लोगो समावेश हुनेछ। साथै समग्र माङसेबुङ गाउँपालिको पहिचान/अपनत्व झल्कने गरी ब्रान्डिङ गरिनेछ,” वडाध्यक्ष योङहाङले भने।
इलाममा बेसारको राम्रो उत्पादन फस्टाउने क्रममा छ। यस वर्ष इलाममा एक हजार ९०७ मेट्रिक टन बेसार उत्पादन भएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख रामजुगल यादवले जानकारी दिए। एक किलो बीउबाट १० किलोसम्म उत्पादन हुने किसानको भनाइ छ।
यादवका अनुसार बेसार मुख्यतया उष्ण हावापानीमा हुने बाली हो। समुद्र सतहदेखि करिब एक हजार २०० मिटर उचाइसम्म बेसारखेती गर्न सकिन्छ। यसको खेती सिञ्चित र असिञ्चित हल्का कालोदेखि दोमट र रातो माटफमा गर्न सकिने भए पनि पानी नजम्ने बलौटे दोमट माटो उपयुक्त मानिन्छ।
इलाममा १२३ हेक्टर क्षेत्रमा बेसारखेती हुने गरेको कृषि ज्ञान केन्द्रको तथ्यांक छ। बेसारखेती नगदे बाली भएकाले यसप्रति किसानको आकर्षण बढेको केन्द्रका निमित्त प्रमुख यादवले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
