उपनिर्वाचनका लागि इलाम–२ मा २० र बझाङ १(१)मा १९ दल दर्ता भएका छन्।
काठमाडौँ– उपनिर्वाचनका लागि इलाम–२ मा २० र बझाङ १(१)मा १९ दल दर्ता भएका छन्। प्रतिनिधिसभाअन्तर्गत इलाम–२ र सुदूरपश्चिम प्रदेशसभाअन्तर्गत बझाङ–१ मा आगामी वैशाख १५ गते उपनिर्वाचन हुने लागेको हो।
निर्वाचन आयोगले उपनिर्वाचनका लागि दर्ता भएका दललाई निर्वाचन चिह्नको क्रम निर्धारण पनि गरेको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सोमबार विज्ञप्ति जारी गर्दै राजनीतिक दलसम्बन्धी नियमावलीबमोजिम निर्वाचन प्रयोजनका लागि दर्ता गरिएको जनाएका छन्। यसरी दर्ता भएका राजनीतिक दलहरूलाई निर्वाचन चिह्न प्रदान गरी निर्वाचन चिह्नको क्रम निर्धारणसमेत गरिएको उनले उल्लेख गरेका छन्।
इलाम–२ मा मंगोल नेशनल अर्गनाइजेसन, नेकपा एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, जनमत पार्टी, नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेकपा एमाले, नेपाली जनता दल, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल, बहुजन शक्ति पार्टी, आम जनता पार्टी, नेसनल रिपब्लिक नेपाल, नेपाल समाजवादी पार्टी, राष्ट्रिय मातृभूमि पार्टी, राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल दल दर्ता भएका हुन्।
इलाम–२ मा निर्वाचित सुवासचन्द्र नेम्वाङ र बझाङ प्रदेशसभा ‘क’ मा निर्वाचित पृथ्वीबहादुर सिंहको निधन भएपछि उक्त स्थान रिक्त थियो। संविधानसभाका अध्यक्षसमेत रहेका नेम्वाङको गत भदौ २६ मा निधन भएको थियो। सुदूरपश्चिम सरकारका आन्तरिक मामिलामन्त्री रहेका सिंहको असार ५ मा निधन भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
