लामिछानेले गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र सीआईबीका प्रमुख श्याम ज्ञवालीलाई मन्त्रालयमा बोलाएर चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीमाथि छानबिन गर्न निर्देशन दिएका हुन्।
काठमाडौँ– उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बाँसबारी छाला तथा जुत्ता कारखानाको जग्गा प्रकरणमा कांग्रेस सांसद तथा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीमाथि छानबिन गर्न निर्देशन दिएका छन्।
गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रमुख श्याम ज्ञवालीलाई मन्त्रालयमा बोलाएर उक्त निर्देशन दिएका हुन्।
गृहमन्त्री लामिछानेले बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी जग्गा सरकार मातहत ल्याउने प्रक्रिया आइतबार नै शुरू गर्न निर्देशन दिएका हुन्। सो क्रममा सीआईबीले चौधरीसँग बयान लिन लागेकोबारे गृहमन्त्रीलाई 'ब्रिफिङ' गरेको थियो।
यसअघि बाँसबारी छाला तथा जुत्ता कारखानाको जग्गा प्रकरणमा चौधरीका भाइ अरुण चौधरी पक्राउ परेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
