आइतबार बिहान हृदयघातका कारण काठमाडाैँको सिभिल अस्पतालमा उनको मृत्यु भएको जसपाका प्रवक्ता एवं प्रदेशसभा सांसद मनिष सुमनले जानकारी दिए।
काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) नेपालकी समानुपातिक सांसद मञ्जु अन्सारीको निधन भएको छ। आइतबार बिहान हृदयघातका कारण काठमाडाैँको सिभिल अस्पतालमा उनको मृत्यु भएको जसपाका प्रवक्ता एवं प्रदेशसभा सांसद मनिष सुमनले जानकारी दिए।
जनता समाजवादी पार्टीका तर्फबाट तात्कालीन अवस्थामा समानुपातिक सांसद चुनिएकी शहनाज रहमानको हृदयघातकै कारण २०७९ फागुन १३ गते निधन भएपछि पार्टीको सिफारिसमा अन्सारी २०७९ चैत ६ गते प्रतिनिधिसभा सदस्य चुनिएकी थिइन्।
वि.स. २०४६ सालमा तत्कालीन नेपाल सद्भावना पार्टीबाट राजनीति शुरू गरेकी अन्सारीले पार्टी निकट सद्भावना महिला मञ्चको केन्द्रीय अध्यक्षसम्मको जिम्मेवारी निर्वाह गरेकी थिइन्। उनले २०५६ सालमा सद्भावना पार्टीबाट रौतहट क्षेत्र नम्बर ३ मा प्रतिस्पर्धा गरेकी थिइन्। उनी २०६४ सालमा भएको मधेश विद्रोहमा पनि सहभागी भएकी थिइन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
