इलाम–२ मा सुवास नेम्वाङ १६ सय मतले अगाडि

इलाम-२ मा नेकपा एमालेका उम्मे‍दवार सुवास नेम्वाङलाई नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले पछ्याइरहेका छन्।

काठमाडौँ– प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत इलाम–२ मा मतगणना जारी छ। 

पछिल्लो मत परिणामअनुसार यहाँ नेकपा एमालेका सुवास नेम्वाङले अग्रता लिइरहेका छन्।

नेम्वाङ वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारभन्दा १६ सय ३३ मतले अगाडि छन्। 

जारी मतगणनामा नेम्वाङले १५ हजार ३३३ मत ल्याएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले १३ हजार ७०० मत ल्याएर पछ्याइरहेका छन्।