बिनातलब घरका कामकाजमा लगाएबापत पूर्वपतिबाट महिलालाई ८८ हजार युरो क्षतिपूर्ति भराउन स्पेनको एक अदालतले आदेश दिएको छ।
बिनातलब घरका कामकाजमा लगाएबापत पूर्वपतिबाट महिलालाई क्षतिपूर्ति भराउन स्पेनको एक अदालतले आदेश दिएको छ।
पोन्टेभेड्राको प्रान्तीय अदालतले एक पुरुषले आफ्नी पूर्व पत्नीलाई विवाहको २६ वर्षको अवधिमा गृहिणीको काममा लगाएबापत ८८ हजार २५ युरो (एक करोड २७ लाख २३ हजार नेरु) तिर्नुपर्ने फैसला गरेको हो। यो जोडीले १९९६ मा बिहे गरेका थिए र २०२२ मा सम्बन्धविच्छेद गरे।
यस अवधिमा श्रीमतीले जम्मा २०५ दिन मात्र घरबाहिर जागिर गरेको उनीद्वारा अदालतमा दायर निवेदनमा उल्लेख छ। साथै आफ्नी एकमात्र छोरी हुर्काउन र घरलाई व्यवस्थित गर्न आफूलाई समर्पित गरेको उनले जनाएकी छन्। जबकी उनका पूर्वपतिले उक्त समय आफ्नो व्यावसायिक करियरमा समर्पित गरेका थिए।
सम्बन्धविच्छेदपछि ती पुरुष आफ्नै घरमा बस्ने थाले भने महिला नयाँ घर खोजेर भाडामा बस्न थालिन्। तर सम्बन्धविच्छेद हुँदा खाली हात छुट्टिएका कारण आर्थिक समस्याले घेर्न थाल्यो। त्यसैले उनले सानोतिनो काम खोजेर गर्न थालिन्।
त्यतिलामो समय पूर्वपतिको घरमा बिनातलब काम गरेकाले अंशको हकदार आफू पनि हुनुपर्ने भन्दै उनले अदालतको ढोका ढकढक्याइन्। अदालतको प्रारम्भिक निर्णयले प्रतिवादीले आफ्नी पूर्व पत्नीलाई एक लाख २० हजार युरो तिर्नुपर्ने फैसला गर्यो। पतिले त्यति धेरै रकम तिर्न नसक्ने भन्दै केही घटाउन माग गरेपछि ८८ हजार २५ युरो तिर्न अदालतले आदेश दियो।
साथै पूर्वपत्नीले घरको हेरचाह गर्न र छोरी हुर्काउनको लागि आफूलाई थप समर्पित गरेको भन्दै पेन्सनस्वरूप एक लाख ८३ हजार युरो थप पाउनुपर्ने माग राखिन्। उनले यो अवधिमा सम्पूर्ण समय घरपरिवारलाई मात्र दिएकाले अहिले जागिर खोज्न र आर्थिक बाटो पहिल्याउन कठिन भएको तर्क गरेकी थिइन्।
तर उनका पूर्वपतिले भने अहिलेको उनको तलबले खर्च चलाउन पर्याप्त भएको साथै छोरी बालिग भइसकेकाले उसको बोझ पनि नभएको भन्दै पेन्सनबाट पन्छिन खोजेका थिए। तर अदालतले एक लाख २० हजार युरोको प्रारम्भिक क्षतिपूर्तिलाई ८८ हजार २५ युरोमा घटाउने र ती पुरुषले पनि आफ्नी पूर्वपत्नीलाई तीन वर्षको लागि प्रतिमहिना ३५० युरो पेन्सन तिर्नुपर्ने निर्णय गरेको छ। यस निर्णयलाई कुनै पनि पक्षले सर्वोच्च अदालतमा पुनरावेदन गर्न सक्नेछन्।
पछिल्ला केही वर्षयता युरोपमा यस्ता घटनाहरू बढ्दै गएका छन्। गत वर्ष, अर्को स्पेनी अदालतले एक पुरुषलाई आफ्नी पूर्वपत्नीलाई २५ वर्षको घरको कामको लागि दुई लाख चार हजार युरो तिर्न आदेश दिएको थियो। यस्तै पोर्चुगलका एक पुरुषलाई पनि ३० वर्षको वैवाहिक जीवनमा पूर्वपत्नीलाई उनको बेतलबी कामको लागि ७२ हजार डलर तिर्न आदेश दिइएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
