आइतबार ८४ कम्पनीको शेयर मूल्य बढ्दा १५० को घटेको छ भने १० कम्पनीको स्थिर रहेको छ।
काठमाडौँ– साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ।
आइतबार नेप्से परिसूचक १०.६२ अंकले घटेर २०७०.२५ को विन्दुमा कायम भएको हो। गत बिहीबार पनि बजार कारोबार घटेर बन्द भएको थियो। बिहीबार २७.८४ अंकले घट्दै नेप्से परिसूचक २०८०.८७ को विन्दु ओर्लिएको थियो।
आइतबार ८४ कम्पनीको शेयर मूल्य बढ्दा १५० को घटेको छ भने १० कम्पनीको स्थिर रहेको छ। १३ उपसमूहमध्ये विकास बैंक फाइनान्स र उत्पादन तथा प्रशोधनबाहेक सबै घटेका छन्। सर्वाधिक घट्नेमा होटल तथा पर्यटन र जलविद्युत् उपसमूह छन्।
आइतबार सर्वाधिक नोक्सानीमा वीन नेपाल लघुवित्तका लगानीकर्ता छन्। किसान लघुवित्त, युनियन हाइड्रोपावर, सनराइज फर्स्ट म्युचुअल फन्ड, दोल्ती पावर शेयर मूल्य धेरै घट्नेका सूचीमा छन्।
आइतबार करोबारमा आएका ३०४ कम्पनीका ८२ लाख ५७ हजार ९११ कित्ता शेयर किनबेच हुँदा तीन अर्ब ३१ करोड ९८ लाख ८६ हजार ९११ रुपैयाँ बराबर कारोबार भयो। गत साताको अन्तिम कारोबार दिन बिहीबार तीन अर्ब ९४ करोड ३५ लाख ९२ हजार ३०२ रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।
बजार घटेको दिन पनि सप्तकोशी विकास बैंकको शेयरमा सर्किटस्तरको बढोत्तरी देखियो। गुराँस लघुवित्त वित्तीय संस्थाको ९.५६ र मानुषी लघुवित्त वित्तीय संस्थाको शेयर ८.७५ प्रतिशतले बढेको छ।
सर्वाधिक कारोबार हुने कम्पनीमा शिवम् सिमेन्ट अगाडि छ। उक्त कम्पनीको शेयर ४१ करोड ६४ लाख रुपैयाँ कारोबार भएको छ। यस्तै, सोनापुर मिनरल्सको २३ करोड ७ लाखको शेयर किनबेच भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
