डोल्पाबाट एकीकृत समाजवादीका धनबहादुर बुढा विजयी

डोल्पाबाट नेकपा एकीकृत समाजवादीका धनबहादुर बुढा ११ हजार २२५ मत ल्याएर विजयी भएका छन्।

डोल्पा– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत डोल्पा जिल्लामा गठबन्धन दलका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का धनबहादुर बुढा विजयी भएका छन्।

बुढा ११ हजार २२५ मत ल्याएर विजयी भएको मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीले जानकारी दिए। बुढाले पाँच हजार ७२७ मतान्तरले नेकपा (एमाले)का गणेशबहादुर शाहीलाई पराजित गरेका हुन्। मुख्य निर्वाचन अधिकृत सुवेदीका अनुसार शाहीले पाँच हजार ४९८ मत प्राप्त गरेका छन्।

त्यस्तै, राप्रपाका अंगद बुढाले ६६१ मत प्राप्त गरेका थिए। डोल्पामा कूल २२ हजार ४४० मतमा १६ हजार ८१४ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पाले जनाएको छ।