एफए कपः डियालोको गोलले म्यानचेस्टर युनाइटेड सेमिफाइनलमा प्रवेश

आइतबार राति भएको खेलमा युनाइटेडले ४–३ गोलको रोमाञ्चक जित हात पार्दै सेमिफाइनलमा स्थान पक्का बनाएको हो।

काठमाडाैँ– थपिएको अतिरिक्त समयमा अमद डियालोले गोल गरेपछि म्यान्चेस्टर युनाइटेड एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ।

आइतबार राति भएको खेलमा युनाइटेडले ४-३ गोलको रोमाञ्चक जित हात पार्दै सेमिफाइनलमा स्थान पक्का बनाएको हो। युनाइटेडका स्कट म्याकटोमिनीले खेलको १०औँ मिनेटमा गोल गर्दै शुरूआती अग्रता दिलाएका थिए। तर पहिलो हाफको अन्तिममा लिभरपुलका एलेक्सिस म्याक एलिस्टर र मोहमद सलाहले एक/एक गोल गर्दै युनाइटेडसँग २-१ को अग्रता बनाए।

तर दोस्रो हाफको ८७औँ मिनेटमा युनाइटेडका एन्टोनीले गोल गर्दै खेललाई बराबरीमा ल्याए। लिभरपुलका हार्भी ईलिअटले १०५औँ मिनेटमा गरेको गोलले खेललाई रोमाञ्चित बनाउँदै प्रतिस्पर्धालाई कायम राख्यो। अतिरिक्त समयको इन्ज्युरी समयमा डियालोले गोल गर्दै युनाइटेडलाई ४-३ को जित दिलाए। गोल गरेको एक मिनेट बित्न नपाउँदै उनले रातो कार्ड पाएका थिए। उनी ८६औँ मिनेटमा मैदान छिरेका थिए।

यो जितसँगै युनाइटेडले यो सिजन उपाधि जित्ने सम्भावना कायम राखेको छ। उता लिभरपुलको उपाधि जित्ने सम्भावना समाप्त भएको छ।