आइतबार राति भएको फाइनलमा दिल्ली क्यापिटल्सलाई ८ विकेटले पराजित गर्दै बैंग्लोरले उपाधि जितेको हो। उपाधि विजेता बैंग्लोरले ६ करोड भारतीय रुपैयाँ पुरस्कार पाएको छ।
काठमाडौँ– भारतमा भएको वुमन्स प्रिमियर लिगको उपाधि रोयल च्यालेन्जर्स बैंग्लोरले जितेको छ। आइतबार राति भएको फाइनलमा दिल्ली क्यापिटल्सलाई ८ विकेटले पराजित गर्दै बैंग्लोरले उपाधि जितेको हो।
समूह चरणमा शीर्ष स्थानमा रहेर फाइनल पुगेको दिल्ली भने फाइनल खेलमा उपाधि लिनबाट चुक्न पुग्यो। वुमन्स लिगमा सधैँ बैंग्लोरमाथि हावी भएको दिल्लीले फाइनलमा भने मौका गुमाएको हो। यसअघि पाँच पटक आमने सामने हुँदा दिल्ली चार पटक विजयी भएको थियो।
नयाँ दिल्लीको अरुण जेटली स्टेडियममा आइतबार टस जितेर ब्याटिङमा आएको दिल्ली क्यापिटल्स १८.३ ओभरमा ११३ रनमा अलआउट भएको थियो। जवाफमा बैंगलोरले १९.३ ओभरमा २ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो। एलिस पेरीले ३५ रन र ऋचा घोषले १७ रनको योगदान दिएकी थिइन्। सोफी डिभिनले ३२ र कप्तान स्मृति मन्धानाले ३१ रन जोडिन्।
यसअघि दिल्लीका लागि ओपनर शेफाली वर्माले २७ बलमा ४४ रनको इनिङ खेलेकी थिइन् भने कप्तान मेग ल्यानिङले २३ रनको योगदान दिएकी थिइन्।
दिल्लीले शेफाली वर्मा र कप्तान मेग ल्यानिङको साथमा राम्रो सुरुवात गरेको थियो। दुबैले ४३ बलमा ६४ रनको ओपनिङ साझेदारी गरेका थिए। टोलीले ठूलो स्कोर बनाउने देखिए पनि ओपनर शेफाली वर्मा आउट हुनेबित्तिकै विकेट झर्ने प्रक्रिया शुरू भयो।
टोलीले ५५ रनमा थप ९ विकेट गुमाएको थियो। कप्तान मेग ल्यानिङले इनिङ्सलाई सम्हाल्ने असफल प्रयास गरिन्। टोलीका बाँकी ब्याटरले खास रनको योगदान गर्न सकेनन्।
बैंग्लोरका लागि श्रेयंका पाटिलले सर्वाधिक ४ विकेट लिँदा सोफी मोलिनक्सले ३ विकेट हात पारिन्। यस्तै, आशा सोभनाले २ विकेट लिइन्।
११४ रनको सहज लक्ष्य बैंग्लोरका ब्याट्सम्यानले निकै संयमित ढंगले पछ्याएको थियो। कप्तान स्मृति मन्दाना र सोफी डिभिनको ओपनिङ जोडीले टोलीको जितको आधार तय गरेका थिए। दुबैले ४९ बलमा ४९ रनको ओपनिङ साझेदारी गरेका थिए। त्यसपछि कप्तान एलिस पेरी (नटआउट ३५)सँगै टोलीको स्कोर ८२ रनमा पुर्याइन्।
स्मृति आउट भएपछि, पेरी र ऋचा घोषले पारिलाई सम्हाल्दै जित दिलाए। पेरीले ३५ तथा घोषले १७ रनको नटआउट पारि खेले। दिल्लीका शिखा पाण्डे र मिन्नु मणिले एक–एक विकेट लिए।
उपाधि विजेता बैंग्लोरले ६ करोड भारतीय रुपैयाँ पुरस्कार पाउँदा दिल्लीले ३ करोडमा चित्त बुझाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
