समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले सांसद कमलादेवी पन्तलाई सभापतिमा चयन गरेको हो।
काठमाडौँ– राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको सभापतिमा नेपाली कांग्रेसकी सांसद कमलादेवी पन्त सर्वसम्मत रूपमा निर्वाचित भएकी छन्। समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले सांसद पन्तलाई सभापतिमा चयन गरेको हो।
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नवनिर्वाचित सभापति पन्तलाई पद तथा गोपनीयताको शपथ गराउँदै बधाई तथा शुभकामनासमेत दिए। राष्ट्रियसभा नियमावलीअनुसार समितिको सभापति पदमा निर्वाचित सदस्यले राष्ट्रियसभाका अध्यक्ष समक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था रहेको छ। नवनिर्वाचित सभापति पन्तले शपथ लगत्तै पद बहाली गरेकी छन्।
समितिको सभापतिको कार्यकाल दुई वर्षको हुन्छ। सो अवसरमा सभापति पन्तले समितिको कार्यक्षेत्रबमोजिम सुशासन कायम गर्न सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे। उनले दिगो विकासका लक्ष्य हासिल गर्न आर्थिक सबलीकरण, जलवायु परिवर्तनको जोखिम न्यूनीकरणलगायत महत्त्वपूर्ण विषयलाई प्रभावकारी रूपमा उठाउने बताए।
सभापति पन्तले समितिको कार्यक्षेत्रसँग जोडिएका विषयलाई ‘टिमवर्क’ मार्फत प्रभावकारी कार्यान्वयनका लागि सरकारलाई समितिकातर्फबाट सहजीकरण गर्ने बताइन्। भ्रष्टाचार न्यूनीकरण नभएसम्म सुशासन प्रवर्द्धन नहुने भन्दै उनले त्यसतर्फ समिति क्रियाशील रहने उल्लेख गरिन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
