विद्यालयको भवन बनाउँदा भ्रष्टाचार, प्रमुख प्रशासकीय अधिकृतसहित ३ जनाविरुद्ध मुद्दा

अख्तियारले ईशनाथ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ईशनाथ नगरपालिका रौतहटका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

आयोगले प्रमुख प्रशासकीय अधिकृत किशोर गुप्ताविरुद्ध दुई लाख ३५ हजार ८९५, तत्कालीन इन्जिनियर सत्यपाल सौरभविरुद्ध ८६ हजार ६४७ र आधारभूत विद्यालय लक्ष्मीनियाका प्रधानाध्यापक मुहमद समिमविरुद्ध तीन लाख तीन हजार ७९७ बराबरको बिगो दाबी गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

ईशनाथ–५ स्थित आधारभूत विद्यालय लक्ष्मीनिया जटहरामा दुईकोठे पक्की भवन निर्माण गर्दा मापदण्ड, गुणस्तर र इस्टिमेटविपरीत कार्य गरी भ्रष्टाचार गरेको आयोगको आरोपपत्रमा उल्लेख छ।