धादिङ–१ बाट एकीकृत समाजवादीका राजेन्द्र पाण्डे विजयी

धादिङ-१ बाट ३५ हजार ९३४ मत ल्याएर नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे निर्वाचित भएका छन्।

धादिङको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) उम्मेदवार राजेन्द्र पाण्डे विजयी भएका छन्। उनले ३५ हजार ९३४ मत प्राप्त गरे।

पाण्डेका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार भूमि त्रिपाठीले २७ हजार ९५३ मत प्राप्त गरे। राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले १२ हजार ४७५ मत प्राप्त गरे। दुई हजार ६३३ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

धादिङ क्षेत्र नम्बर १ मा एक लाख ३२ हजार ३५४ मतदाता रहेकामा ८० हजार ६१५ जनाले मतदान गरेका थिए।