गुर्खाज फाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक, पिपुल्स पावर र धौलागिरि लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
काठमाडौँ– साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य सुधार देखिएको छ। कारोबार रकम उल्लेख्य परिमाणमा नबढे पनि शेयर बजार सूचक नेप्से ३.२७ अंकले बढ्दै २०७३.५३ को विन्दुमा पुगेको हो।
सोमबार ३०३ कम्पनीको ७४ लाख ५९ हजार ४२४ कित्ता शेयर ५३ हजार २५६ पटक खरिदबिक्री भयो। यसबाट दुई अर्ब ८८ करोड ५६ लाख ३७ हजार ८१८ रुपैयाँ बराबरको कारोबार भएको छ।
कारोबार रकम आइतबारको तुलनामा ४९ करोडले घटेको हो। आइतबारको कारोबारमा नेप्से परिसूचक ११.८३ अंकले घट्दै २०६९.०४ विन्दुमा रहँदा पनि ३ अर्ब ३१ करोड ९८ लाख ८६ हजार ९११ रुपैयाँ बराबरको कारोबार भएको थियो।
सोमबार कारोबारमा आएका ३०३ कम्पनीहरूमध्ये १४८ वटाको शेयर मूल्य बढेको छ भने ८५ को घटेको छ। नौ कम्पनीको शेयर मूल्य परिवर्तन भएन।
सोमबार बैंकिङ समूह ०.०३, लगानी समूह ०.४६, उत्पादन तथा प्रशोधन ०.८२ र निर्जीवन बीमा समूह ०.१० प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै विकास बैंक समूह १.३० र वित्त समूह १.०८ प्रतिशतले बढेको छ।
सर्वाधिक नोक्सानीमा लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ता छन्। मानुषीको शेयर मूल्य ५.१५ प्रतिशतले घटेको हो। एनएमबी बैंक, सिंगटी हाइड्रो इनर्जी, माण्डू हाइड्रोपावर र त्रिशूली जलविद्युत् कम्पनीका शेयर धेरै घट्नेका सूचीमा छन्।
गुर्खाज फाइनान्स लिमिटेड, सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड, पिपुल्स पावर लिमिटेड र धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। कारोबार रकममा आधारमा गुर्खाज फाइनान्स लिमिटेडको २३ करोड १४ लाख ५८ हजार ७७ रुपैयाँ बराबरको कारोबार भएको हो।
कारोबार भएको शेयर संख्याका आधारमा भने अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको ६ लाख ४२ हजार ५९१ कित्ता शेयर किनबेच भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
