मुख्यमन्त्री यादवले नेपाली कांग्रेसबाट भौतिक पूर्वाधार विकासमन्त्री नियुक्त भएका कृष्णप्रसाद यादवलाई बर्खास्त गरी एमालेका यादवलाई मन्त्री नियुक्त गरेका छन्।
काठमाडौँ– मधेश प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्रीमा नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन्।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा प्रदेश प्रमुख सुमित्रा भण्डारीले उनलाई सोमबार भौतिक पूर्वाधार विकासमन्त्री नियुक्त गरेकी हुन्। सोमबार नै उनलाई प्रदेश प्रमुख भण्डारीले पद तथा गोपनीयताको शपथ गराइन्।
मुख्यमन्त्री यादवले नेपाली कांग्रेसबाट बनेका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादवलाई बर्खास्त गर्दै एमालेका यादवलाई मन्त्री नियुक्त गरेका हुन्।
मन्त्रिपरिषद् पुनर्गठन गरे भए पनि मुख्यमन्त्री यादवले शिक्षा तथा संस्कृति मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, गृह, सञ्चार तथा कानून मन्त्रालय, श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी आफू मातहत नै राखेका छन्।
मधेश प्रदेश मन्त्रिपरिषद्मा सञ्जयकुमार यादव अर्थमन्त्री, गोविन्द्रबहादुर न्यौपाने भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री, सुरिताकुमारी साह खेलकुद तथा समाज कल्याणमन्त्री, सिंगासन सा कलवार ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री, रमेशप्रसाद कुर्मी वन तथा वातावरणमन्त्री सुनिता यादव उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री, शेख अबुल कलाम आजाद ऊर्जा, सिँचाई तथा खानेपानी राज्यमन्त्री, रहवर अन्सारी उद्योग, वाणिज्य तथा पर्यटन राज्यमन्त्री छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
