सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका नेता कृष्णबहादुर महरालाई चार दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ।
काठमाडौँ– नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरालाई चार दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ।
जिल्ला न्यायाधीश दुर्गाप्रसाद खनालको इजलासले महरालाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको नेपाल प्रहरीको केन्द्र अनुसन्धान ब्युरो (सीआईबी)का प्रवक्ता, एसपी होविन्द्र बोगटीले जानकारी दिए।
यो पनि : सुन तस्करहरूसँग ‘कनेक्सन’ देखिँदा पनि जोगिँदै आएका महरा अन्ततः समातिए
सोमबार कपिलवस्तुबाट पक्राउ परेका महरालाई काठमाडौँ ल्याएर जिल्ला अदालतमा पेस गरिएको थियो। सुन तस्करी प्रकरणमा नाम जोडिएका महरालाई अनुसन्धानका लागि भन्दै प्रहरीले नियन्त्रणमा लिएको हो।
गत साउन २ मा ‘ब्रेक सु’मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ पुसमा विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याइएको नौ किलो सुन तस्करीमा संलग्न चिनियाँ नागरिकसँग महराको नाम जोडिएको थियो।
यसअघि सोही प्रकरणमा सीआईबीले महरालाई बयान लिई कागज गरी छाडेको थियो। प्रारम्भिक अनुसन्धानमा महरा र उनका छोरा राहुल महराको पनि सुन तस्करी प्रकरणमा संलग्नता रहेको खुलेको थियो। तर उनीहरूमाथि सीआईबीले थप अनुसन्धान गरेन।
पछि सरकारले गठन गरेको सर्वोच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वको सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले सुन प्रकरणमा संलग्नता देखिएको निष्कर्ष निकाल्दै महरामाथि छानबिन गर्न सिफारिस गरेको थियो। गत असोज १५ गते गठित सो समितिले फागुन ३० गते गृहमन्त्रीलाई प्रतिवेदन बुझाएको थियो।
राहुललाई भदौ १३ गते प्रहरीले पक्राउ गरेको थियो। राहुल अहिले पुर्पक्षका लागि थुनामा छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
