बागलुङको जाउलेपानीमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु

उद्धार जारी रहेको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए।

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्। 

रुकुम पूर्वबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस सोमबार साँझ मध्यपहाडी लोकमार्गमा दुर्घटनामा परेको हो।

बस सडकबाट करिब ३०० मिटर तल पुगेको र उद्धार जारी रहेको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए।

घटनाको थप विवरण आउन बाँकी रहेको छ।