प्रहरीले बागलुङको निसीखोला गाउँपालिका–६ को जाउलेपानीमा भएको बस दुर्घटनाका अधिकांश घाइतेको अवस्था गम्भीर रहेको जनाएको छ।
काठमाडौँ– बागलुङमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या आठ पुगेको छ।
रुकुम पूर्वबाट काठमाडौँका लागि छुटेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको यात्रुवाहक बस सोमबार साँझ बागलुङको निसीखोला गाउँपालिका–६ को जाउलेपानीमा दुर्घटनामा परेको हो।
घाइते २४ जनालाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको प्रहरीले जनाएको छ। घाइतेमध्ये २३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख, प्रहरी निरीक्षक राजकुमार विकका अनुसार दुर्घटनामा मृत्यु भएका आठ जनामध्ये महिला–पुरुष चार–चार जना छन्। मृतकको सनाखत भइनसकेको उनले बताए।
“घाइते र मृत्यु भएकामध्ये कसैको पनि पहिचान खुलेको छैन, घाइतेको उद्धार गरेर अस्पताल पठाइएका छौँ,” उनले भने, “घाइतेमध्ये अधिकांशको अवस्था क्रिटिकल छ।”
बस सडकबाट करिब ३०० मिटर तल खसेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
