पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

कोशी प्रदेशलगायत पहाडी भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौँ– नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। 

जसका कारण कोशी प्रदेशलगायत पहाडी भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो, मधेश र कोशीसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। 

पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातसमेत हुनेछ।

यसैगरी, राति पनि पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।