नाइजेरियाली जोखिम परामर्शका लागि स्थापना भएको गैरसरकारी संस्था ‘रिस्क कन्सल्टेन्सी एसबीएम इन्टेलिजेन्स’का अनुसार गत वर्षको ‘मे’यता चार हजार सात जना अपहरणमा परेका छन्।
नाइजेरियामा अपहरणकारी समूहले १०० भन्दा बढी मानिसको अपहरण गरेका छन्।
उत्तरपश्चिमी राज्यमा विद्यालयबाट २५० भन्दा बढी विद्यार्थीलाई अपहरण गरेको एक हप्तापछि अपहरणकारीले १०० भन्दा बढी व्यक्तिको अपहरण गरेको स्थानीय अधिकारीले बताएका छन्।
काडुना राज्यको काजुरु इलाकामा छुट्टाछुट्टै अपहरणका घटना भएका थिए। काजुरु स्टेसनमा बन्दुकधारीले ८७ जनालाई अपहरण गरेको स्थानीय सरकारका अध्यक्ष इब्राहिम गजेरेले बताए। “उनीहरूले बन्दुक देखाएर स्थानीयलाई घरबाट निकालेका थिए,” उनले भने। यस्तै, काजुरुबाट १० किलोमिटर टाढा डोगोन नोमाबाट १६ जनालाई अपहरणमा परेका छन्।
नाइजेरियामा नागरिकको सुरक्षाको प्रत्याभूत गर्ने प्रतिबद्धता गरेका राष्ट्रपति बोला अहमद टिनुबुको सरकारलाई ठूलो मात्रामा अपहरणको घटनाले चुनौती दिइरहेको एएफपीले जनाएको छ।
नाइजेरियाली जोखिम परामर्शका लागि स्थापना भएको गैरसरकारी संस्था ‘रिस्क कन्सल्टेन्सी एसबीएम इन्टेलिजेन्स’ले गत वर्षको मेमा तिनुबुले सत्ता सम्हालेयता चार हजार सात जना अपहरणमा परेको जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
