मिटरब्याज पीडितका गुनासा सम्बोधन गर्न प्रशासन कार्यालयमा डेस्क स्थापना

विषयमा जिल्ला प्रशासन कार्यालय तथा अन्य निकायसँग समन्वय गर्ने गरी गृह मन्त्रालयका शाखा अधिकृत चिरञ्जीवी जीएमलाई सम्पर्क व्यक्ति तोकिएको छ।

काठमाडौँ– गृह मन्त्रालयले मिटरब्याज पीडितका उजुरी र निवेदन संकलन गरी तत्काल गुनासा सम्बोधनका लागि डेस्क स्थापना गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ। 

त्यसका लागि अधिकृतस्तरको कर्मचारीलाई जिम्मेवारी तोकेर पीडितका गुनासा तत्काल सम्बोधन हुने प्रबन्ध मिलाउन निर्देशन दिएको हो। 

मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा डेस्कमा खटिने कर्मचारीको विवरणसमेत सार्वजनिक गर्न भनिएको छ। 

यस्तै, मन्त्रालयमा पनि शाखा अधिकृत चिरञ्जीवी जीएमलाई सोसम्बन्धी सम्पर्क व्यक्ति तोकिएको छ।

सरकार र मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिबीच गत फागुन २८ मा मिटरब्याज समस्या समाधानका लागि ४ बुँदे सहमति भएको थियो।