धनुषा-२ बाट कांग्रेसका रामकृष्ण यादव निर्वाचित

धनुषा–२ मा एमालेका उमाशंकर अरगरियालाई पराजित गर्दै कांग्रेसका रामकृष्ण यादव निर्वाचित भएका छन्।

काठमाडौँ– धनुषा क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका उम्मेदवार रामकृष्ण यादव निर्वाचित भएका छन्।

शुक्रबार बिहान सार्वजनिक मत परिणामअनुसार नेकपा एमालेका उम्मेदवार उमाशंकर अरगरियालाई १५७ मतान्तरले पराजित गर्दै यादव विजयी बनेका हुन्।

यादवले २० हजार ११२ मत ल्याए। निकटतम प्रतिद्वन्द्वी अरगरियाले १९ हजार ९५५ मत ल्याएकाे निर्वाचन कार्यालयले जनाएकाे छ।