प्रतितोला ७०० रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला एक लाख २५ हजार २०० मा कारोबार भइरहेको छ।

काठमाडौँ– नेपाली बजारमा पहेँलो धातुको मूल्य प्रतितोला ७०० रुपैयाँले वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला एक लाख २५ हजार २०० कायम भएको छ। सोमबार एक लाख २४ हजार ५०० थियो। 

तेजाबी सुन पनि प्रतितोला एक लाख २४ हजार ६०० कायम गरेको छ। सोमबार एक लाख २३ हजार ९०० रुपैयाँ थियो। 

यसैगरी, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। सोमबार प्रतितोला एक हजार ५२० मा कारोबार भएको चाँदी प्रतितोला पाँच रुपैयाँले बढेको महासंघले जनाएको छ।