अनलाइन क्यासिनो चलाएको आरोपमा ४ जना पक्राउ

प्रहरीले उनीहरूबाट अनलाइन गेम खेलाउन प्रयोग भएका पाँच थान ल्यापटप र ११ थान मोबाइलसमेत बरामद गरेको छ।

काठमाडौँ– अनलाइन क्यासिनो खेलाएको आरोपमा चार जना पक्राउ गरेका छन्। 

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो। 

पक्राउ पर्नेमा काभ्रेको मण्डनदेउपुर–१० की सरिता लामा, खोटाङको हलेसी तुवाचुङकी पूर्णिमा राई, सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल–८ की सारंगा गुरुङ र नुवाकोट शिवपुरी–१ का तेम्बा लामा छन्।

प्रहरीले उनीहरूबाट अनलाइन गेम खेलाउन प्रयोग भएका पाँच थान ल्यापटप र ११ थान मोबाइलसमेत बरामद गरेको छ।

उनीहरूले फायरक्रिन तथा क्यास एप्लिकेसनमार्फत अनलाइन क्यासिनो गेम खेलाउने गरेको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता रवीन्द्र रेग्मीले बताए।