“पातीहाल्नेबाट निसीखोलातर्फ लाग्ने सडक घुमाउरो र ओरालो छ। अलिक सुस्त चलाउनु भनेर आग्रह गर्दा पनि चालक अटेर गर्दै अघि बढेका थिए। घुम्तीमा मोड्न नसक्दा गाडी खस्यो।”
ढोरपाटन– बागलुङमा सोमबार भएको बस दुर्घटना हुँदा नौ जनाले ज्यान गुमाए। दुर्घटनामा २८ जना घाइते भएका छन्। उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। उक्त दुर्घटना चालकको लापरबाहीका कारण भएको घाइतेले बताएका छन्।
“दिउँसो १२ बजेतिर रुकुम पश्चिमबाट काठमाडौँका लागि छुट्नुपर्ने बस करिब एक घण्टा ढिला गरी छुट्यो। साँझ पाँच बजेतिर निसीखोला पुग्यो। बसको गति तीव्र थियो। पहाडी बाटोमा तीव्र गतिकै कारण बस दुर्घटनामा पर्यो,” धौलागिरि अस्पतालको आकस्मिक कक्षमा उपचाररत दशरथ नेपालीले भने।
उनका अनुसार रुकुममा यात्रु कुर्दा ढिला भएपछि चालकले रानीकोटमा जाम छल्न भन्दै गाडीको गति बढाएका थिए। “गाडी हुइँकिएपछि हामीले सिट समातेर आफूलाई सम्हालिरहेको थियौँ,” उनले भने, “पातीहाल्नेबाट निसीखोलातर्फ लाग्ने सडक घुमाउरो र ओरालो छ। अलिक सुस्त चलाउनु भनेर आग्रह गर्दा पनि चालक अटेर गर्दै अघि बढेका थिए। घुम्तीमा मोड्न नसक्दा गाडी खस्यो।”
रुकुम पश्चिम मुसीकोट–१ का उनी पसलका लागि सामान लिन र आफन्त भेट गर्न काठमाडौँका लागि गाडी चढेका थिए। गाडी अनियन्त्रित भएपछि केही यात्रुले हामफाल्न खोजे पनि सफल नभएको उनले सुनाए।
“खसेपछिको केही समयसम्म केही थाहा पाइन। होस आउँदा वरिपरि यात्रुका शव र घाइते मात्रै थिए,” उनी भन्छन्, “जसोतसो उठेर रुख र ढुंगाले च्यापिएका घाइतेलाई निकाल्न सहयोग गरेँ।”
घाइतेलाई प्रहरीले उद्धार गरी बुर्तिबाङमा सामान्य उपचारपछि राति नै बागलुङ ल्याएको थियो। उनका अनुसार गाडीको अघिल्लो पट्टि बसेको धेरैको मृत्यु भएको छ।
आकस्मिक कक्षमा उपचार गराइरहेका त्रिवेणी गाउँपालिका–१ का हेमराज केसीको टाउको र नाकमा चोट लागेको छ। बायाँ हात राम्रोसँग चलेको छैन। उनले पनि चालकको लापरबाहीले दुर्घटना भएको बताए।
“म पछिल्लो सिटमा थिएँ। गाडी अनियन्त्रित भएपछि हालफाल्न ढोकासम्म पुगेको थिए। ढोका खोल्न नपाउँदै बस खस्यो,” उनले भने, “म होसमा आउँदा शरीर रुखले च्यापिएको थियो।”
दुर्घटनामा घाइते भएकाहरूको उपचार धौलागिरि अस्पतालमा भइरहेको छ। सो अस्पतालका सूचना अधिकारी शान्ति भण्डारीले अहिले अस्पतालमा दुर्घटनाका २१ घाइतेको उपचार भइरहेको बताइन्। सात जनालाई भने पोखरा रेफर गरिएको छ।
बस सडकदेखि अन्दाजी १५० मिटर तल खसेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
