सहकारीका बचतकर्ताको रकम हिनामिना प्रकरणमा लामिछानेको संलग्नताबारे प्रधानमन्त्री दाहालले दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसदीय समितिमार्फत छानबिन गर्न माग गरेको छ।
काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि लागेका आरोपका बारेमा निष्पक्ष छानबिनका लागि संसदीय छानबिन समिति गठन गर्न माग गरेको छ।
सहकारीका बचतकर्ताको रकम हिनामिना प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नताबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय समिति गठन गरी छानबिन गर्न माग गरेको हो। कांग्रेसले सदनमा गृहमन्त्री लामिछानेको राजीनामा माग्दै आएको छ। संसदीय समिति गठन गरेर निष्पक्ष छानबिन नगरे सदन अवरुद्ध गरिराख्ने चेतावनीसमेत कांग्रेसले दिएको छ।
मंगलबार प्रतिनिधिसभा बैठकमा गृहमन्त्री लामिछानेको नाम जोडिएको सूर्यदर्शन सहकारीको रकम अपचलनका बारेमा प्रधानमन्त्री दाहालले सदनमा स्पष्टीकरण दिएका थिए। दाहालले उक्त प्रकरणमा प्रहरीले नै रविको संलग्नताबारेका प्रमाण नभेटिएकाले अनुसन्धान गर्नु नपर्ने ‘ब्रिफिङ’ गरेको र रविले लिएको एक करोड रुपैयाँ पनि फर्स्योट भइसकेको जानकारी सदनलाई गराउँदै उनीमाथि छानबिन गर्नु नपर्ने बताएका थिए।
प्रधानमन्त्रीको जवाफपछि नेपाली कांग्रेसका सांसदले उठेर विरोध जनाएका थिए। कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीको जवाफमा चित्त नबुझेको र उनीसमेत अँध्यारोमा परेको पाइएको बताए। लेखकले गृहमन्त्री लामिछाने सहकारी ठगीमा प्रत्यक्ष संलग्न रहेको पर्याप्त प्रमाण रहेको र सहकारी ऐनमा राखिएको गैरसदस्यले कर्जा नपाउने व्यवस्थाको उल्लंघन भएर गैरकानूनी रूपमा कर्जा प्रवाह भएको दाबी गरे।
“प्रधानमन्त्रीलाई नै गलत जानकारी दिइँदै छ। गलत सूचना दिइँदै छ। प्रधानमन्त्री नै अँध्यारोमा हुनुहुन्छ भने अब यो कुराको निष्पक्ष छानबिन होला? जो कुरा प्रधानमन्त्रीलाई जानकारी छैन। प्रमाण छैन भन्नुभयो। पोखरा महानगरपालिकाले सूर्यदर्शन सहकारीबाट गोर्खा नेटवर्क प्रालि लामिछानेको नाममा पुलेसो कर्जा नम्बर खडा गरी खातामार्फत पेस्की फर्स्योट गरेको भन्ने प्रमाण होइन?” लेखकले प्रश्न गरे।
कांग्रेस प्रमुख सचेतक लेखकले प्रधानमन्त्री दाहालको जवाफ चित्त बुझ्दो नभएको बताए। “प्रधानमन्त्रीको जवाफबाट कांग्रेसको चित्त बुझ्ने ठाउँ पटक्कै भएन, बरु थप चिन्ता भयो,” उनले भने, “प्रधानमन्त्रीलाई नै गलत सूचना दिइँदै छ। प्रधानमन्त्री नै अँध्यारोमा हुनुहुन्छ भने यो विषयको निष्पक्ष छानबिन होला?”
संसद्मा गोकुल बाँस्कोटा, जनार्दन शर्मा लगायतमाथि प्रश्न उठ्दा संसदीय अभ्यास गर्दै छानबिन भएको उदाहरण दिँदै लेखकले भने, “सरकारलाई आग्रह गर्न चाहन्छु। तपाईं प्रमाण छैन भन्दै हुनुहुन्छ, म पर्याप्त छ प्रमाण भन्छु। यही सदनभित्र छानबिन समिति गठन गरौँ। अनि स्पष्ट हुन्छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
