नेप्से परिसूचक ६.२४ अंकले घट्यो, ३ अर्ब ६३ करोडको कारोबार

बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड र सर्वोत्तम सिमेन्ट लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकको गिरावट देखिएको छ। नेप्से परिसूचक ६.२४ अंकले घटेर २०६७.२९ को अंकमा कायम भएको हो।

मंगलबार ३०७ कम्पनीका ९४ लाख ७८ हजार ९३३ कित्ता शेयर ६३ हजार ८०० एक पटक खरिदबिक्री हुँदा तीन अर्ब ६३ करोड ३९ लाख ३६ हजार ५५४ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

वित्त समूह २.१०, जीवन बीमा समूह ०.०६ र लघुवित्त समूह २.०३ अंकले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ। मंगलबार सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह १.३८ र व्यापार समूह १.३१ प्रतिशतले घटेको छ।

बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड र सर्वोत्तम सिमेन्ट लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। त्यसैगरी, धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेड ९.९९ र इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ९.४५ प्रतिशतले बढेको छ। सबैभन्दा धेरै घट्नेमा भने सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–२ ७.०८ र पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको ६.९१ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा मंगलबार सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको २५ करोड ९७ लाख २२ हजार ३६७ बराबरको कारोबार भएको छ। कारोबार भएका शेयर संख्याका आधारमा भने लक्ष्मी इक्विटी फन्डको ६ लाख ९९ हजार ६४२ कित्ता शेयर किनबेच भएको छ।