एमाले अध्यक्ष ओलीले सहकारीसँग कुनै सम्बन्ध नै नभएका गृहमन्त्री लामिछानेलाई जबरजस्ती बदनाम गराउन खोजिएको दाबी गरे।
कैलाली– नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेर बदनाम गराउन खोजेको आरोप लगाएका छन्।
प्रेस चौतारी कैलालीले धनगढीमा मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सहकारीसँग कुनै सम्बन्ध नै नभएका लामिछानेलाई जबरजस्ती बदनाम गराउन खोजिएको दाबी गरेका हुन्।
लामिछानेको सहकारीसँग कुनै सम्बन्ध नभएको भन्दै उनले छानबिनमा कुनै प्रभाव नपर्ने जिकिर गरे। उनले सहकारीपीडितले चाँडै न्याय पाउनेसमेत उल्लेख गरे। “कुनै मन्त्री वा सांसदविरुद्ध उजुरी पर्दैमा पद नरहने भए मन्त्री र सांसद सबै खाली हुने अवस्था हुने थियो,” उनले भने।
उनले प्रदेश सरकारको भागबन्डा र कम्युनिस्ट पार्टीबीचको एकीकरणबारे अनुमानका भरमा प्रतिक्रिया दिन नहुने टिप्पणी गरे। सोमबार एमाले डडेलधुराको नवौँ अधिवेशन उद्घाटन गरेर धनगढी आइपुगेका ओली मंगलबार नै काठमाडौँ फर्किएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
